सार्वजनिक जग्गा संरक्षणमा टोखाको महाअभियान

11

काठमाडौं । टोखा नगरपालिकाले स्थानीय तहको दुुई पटक भएको निर्वाचनपछि सार्वजनिक जग्गा संरक्षण कार्यलाई अभियानको रुपमा अगाडि बढाएको छ । नगरपालिका क्षेत्रमा भएका सार्वजनिक जग्गा खोजी खोजी नगरपालिकाले जग्गा संरक्षण गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको हो ।
नगरभित्र रहेको सार्वजनिक जग्गाहरुलाई व्यक्तिले हडपेर भोगचलन गर्दै आएका ठाउँमा डोजर लगाई सो सार्वजनिक जग्गामा नगरपालिकाले सूचना बोर्ड राखेको छ ।
वडा नं. ११ को गैह्रीगाउँ क्षेत्रका धेरैजसो घर÷टहरा स्थानीयहरुले नै हटाई खाली गरिएको, कतिपयले भने अटेर गरेका ठाउँमा नगरपालिकाले डोजर नै चलाएको छ । टोखा वडा नं. ८ को दुप्चेश्वर टोलका विभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गा लामो समयदेखि व्यक्तिले भोगचलन गर्दै आएको थिए । नगरपालिकाले लामो समय पटक–पटक सुचना पठाउनुका साथै, प्रत्यक्ष भेटगरी जग्गा खाली गर्नको लागि अनुरोध गर्दा पनि जग्गा खाली नगरेपछि सो जग्गामा डोजर चलाई खाली गरेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुुभयो ।
जग्गा संरक्षणको लागि नगर प्रमुख अधिकारी आफैं फिल्डमा डोजर लिएर पुुग्गने गरेका छन् । व्यक्तिले हडपेको जग्गामा डोजर लगाएर पर्खाल भत्काई बोर्ड गाडेपछि अधिकारीले नगर भित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले उपभोग गर्न नमिल्ने बताउनुभयो । साथै नगरपालिकाले सार्बजनिक जग्गा संरक्षणको लागि कुनै कसुर बाँकी नराख्ने समेत प्रमुख अधिकारीले स्पष्ट पार्नुभयो ।
टोखाले दोस्रो चरणमा वडा नं. ४, ६, ८ र ११ लगायतका धेरैजसो वडाका सार्वजनिक जग्गाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पिल्लरसहितको तारबार बनाएर जग्गा संरक्षण अभियान प्रमुख अधिकारीको सक्रियतामा सुभारम्भ भएको थियो । विष्णुमती करिडोर क्षेत्र लगायत वडा नं. ८, ९, ११ लगायतका विभिन्न स्थानका सार्वजनिक जग्गाहरु संरक्षण गरेको छ । व्यक्तिले हडपेर बनाइएका घर तथा टहराहरुमा नगरपालिकाले डोजर चलाएर गराएको छ । धेरै स्थानमा स्थानीय जनताहरुको समन्वयमा नै नगरपालिकाले डोजर चलाउँदै आएको छ ।