भक्तपुर । पेप्सिकोला–मनोहरा पुल–बोडे–निलबाराही–तेलकोट सडकखण्ड अन्तर्गत निलबाराहीदेखि प्रस्तावित वीर अस्पतालसम्मको सडक स्तरोन्नति कार्य बागमती प्रदेश सरकारको बजेटमा ९ करोड ९९ लाख लागतमा ठेक्का प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।
उक्त योजनाको स्थल अवलोकनमा आज बागमती प्रदेशसभा सदस्य माननीय सुरेश श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्री, मध्यपुर ठिमी नगरपालिका–९ का वडाध्यक्ष सानुकाजी राजवहाक, चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्की, पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर राजु श्रेष्ठ, निर्माण व्यवसायी, प्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न भएको छ।
निर्माण व्यवसायीद्वारा प्राविधिक समस्या नआएमा आगामी असार महिनासम्म पिच कार्य सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।