काठमाडौं । संगीतकार अदित श्रेष्ठको गीत ‘भिमफेदीको बगर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार सार्वजनिक गरिएको म्युजिक भिडियोमा अदित श्रेष्ठको शब्द र स्वर रहेको छ । सो गीतमा याकुब तामाङले सङ्गीत संयोजन गरेका छन् । होरिजोन रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतमा याकुब विटस्ले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निर्मलकुमार लामाको निर्देशन रहेको छ भने सुमित तामाङले छायाङ्कन र सम्पादन गरेका हुन्। श्रेष्ठको शब्दमा रहेको यो गीतमा कलाकार भने भिमफेदी गाइज र रिया लामा रहेकी छन् । यस म्युजिक भिडियोमा प्रेममिल जोडीको माया पिरतीका खट्टामिठा विभिन्न क्षणहरूलाई प्रस्तुत गरिएको छ । श्रेष्ठले सानै उमेरदेखि गायन क्षेत्रमा आफूलाई रुची भएको हुनाले यो दोस्रो गीत तथा म्युजिक भिडियो बजारमा सार्वजनिक गर्न सफल भएको बताउनुभएको छ । उहाँको यो भन्दा पहिला जुनेली रात भन्ने म्युजिक भिडियो पनि आएको थियो जुन स्रोताहरुले धेरै नै माया र मन पराइ साथ दिनुभएको हुनाले यो “भिमफेदीको बगर”लाई त्यसरी नै माया र साथ दिन आग्रह गर्दै आगामी दिनमा फरक खालका विभिन्न गीत सङ्गीत रेकर्ड गर्ने र म्युजिक भिडियो निर्माण कार्यलाई निरन्तरता दिने श्रेष्ठले बताउनुभयो ।