चाँगुनारायण, भक्तपुर — नेपाल तरुण दल चाँगुनारायण नगरपालिका वडा नं. ८ को वडा अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रुपमा प्रमोद पाण्डेलाई वडा अध्यक्षमा चयन गरेको छ।
वडा अधिवेशनबाट अन्य पदाधिकारी, प्रतिनिधि तथा सदस्यहरू समेत चयन गरिएको छ। पार्टीभित्रको एकताको सन्देश दिंदै अधिवेशनले युवाको सहभागिता र सशक्त नेतृत्व विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
नव निर्वाचित अध्यक्ष प्रमोद पाण्डेले सबै सदस्यप्रति आभार व्यक्त गर्दै संगठनलाई थप सुदृढ, सक्रिय र जनपक्षीय बनाउने अठोट व्यक्त गरेका छन्। उनले राजनीतिक सचेतना, संगठन सुदृढीकरण र युवालाई नेतृत्व विकासमा सक्रिय बनाउने लक्ष्य अघि सारे।
कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरु , चाँगुनारायण नगर सभापति , नगर पदिधिकारीहरु, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु लगाएतका नेताहरू, नेपाल तरुण दलका जिल्ला अध्यक्ष राजु थापा तथा प्रतिनिधिहरू तथा पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अधिवेशनले संगठनात्मक एकता र अनुशासनलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ।