मनोहरा विद्यालयका विद्यार्थी नयाँ पोशाक पाउँदा उत्साहित

45

भक्तपुर, चाँगुनारायण – चाँगुनारायण नगरपालिका वडा नं. १ स्थित वेसीको मनोहरा आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई नयाँ विद्यालय पोशाक वितरण गरिएको छ। नयाँ पोशाक पाएपछि विद्यार्थीहरू उत्साहित भएका छन्।

उक्त पोशाक जर्मनमा रहेका एक सहयोगी दम्पत्तीको आर्थिक सहयोगमा समाजसेवी अनिल सापकोटाको पहलमा वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले विद्यार्थीलाई एकनासको पोशाकले आत्मविश्वास बढाउने र अध्ययनमा पनि सकारात्मक प्रभाव पार्ने बताउनुभयो। उहाँले विद्यालय सुधारका लागि अभिभावकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्नुभयो। “विद्यालय राम्रो बनाउन शिक्षक, विद्यार्थी र अभिभावक सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो, “बच्चाहरू विद्यालय सफा पोशाकमा आउँछन् कि छैनन्, शिक्षकको व्यवहार कस्तो छ, पढाइ कस्तो छ भन्ने कुरामा ध्यान दिए मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ।”

समाजसेवी अनिल सापकोटाले आगामी दिनमा विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था मिलाउन पनि आफू अग्रसर हुने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पोशाक वितरण कार्यक्रममा वडा नं. १ का अध्यक्ष सिजन कार्की, वडा सदस्य श्रीकृष्ण श्रेष्ठ, समाजसेवी माधव ढकाल, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पहलमान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयबाट अवकास पाउनु भएकी शिक्षिकालाइ सम्मान समेत गरिएको थियो ।