हेटौंडा – बागमती प्रदेशका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल ठकुरीले हेटौंडामा निर्माण हुन लागेको श्री लक्ष्मीनारायण मन्दिरको शिलान्यास गर्नुभएको छ।
शिलान्यास कार्यक्रममा मन्त्री ठकुरीले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मन्दिर निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक व्यक्तित्व, समाजसेवी तथा श्रद्धालुहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
उक्त मन्दिर निर्माणले हेटौंडा क्षेत्रमा धार्मिक पर्यटनको नयाँ आयाम थप्ने र सामाजिक एकताको प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको छ।








































