कुहिएका खाद्यवस्तु बेच्दै च्याम्हासिंह र कमलविनायकका पसल

18

भक्तपुर । भक्तपुरको पूर्वी भेगको मुख्य बजारको रुपमा रहेका च्याम्हासिंह र कमलविनायक क्षेत्रका पसलेहरुले अखाद्य चीजहरु बेच्ने गरिएको पाइएको छ । सो क्षेत्रमा सञ्चालित फलफूल तथा खाद्य पसलहरुले उपभोक्ताको स्वास्थ्यलाई प्रतिकूल असर पुग्ने खाद्यवस्तु बेच्ने गरिएको पाइएको हो ।

भक्तपुर नगरपालिकाले लगातार गरेको अनुगमनमा सो भेटिएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा च्याम्हासिंह र कमलविानयक क्षेत्रका फलफूल तथा खाद्य पसलहरुमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा खरिद बिक्री बिल प्रयोग नगरिकन भ्याट र राजश्व छलेको र कुहेको फलफूलहरु तथा म्याद नाघेका कयौं खाद्य वस्तुहरु भेटिएका संयोजक गोराले जानकारी दिए ।