विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सम्पन्न

11

भक्तपुर — नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोगमा तथा बाराही उपशाखाको आयोजनामा विद्यालयस्तरीय प्राथमिक उपचार तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ।

तालिममा गणेश माध्यमिक विद्यालय, लर्नर्स एकेडेमी, तारा माध्यमिक विद्यालय, शान्ति शिक्षा सदन, ग्लिटर फ्युचर इङ्लिस स्कुल, डेमोस् इङ्लिस स्कुल र एभरेष्ट इङ्लिस स्कुलका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा विपद् तथा आकस्मिक अवस्थामा अपनाउने प्राथमिक उपचारको सीप विकास गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। तालिममा अनुभवी प्रशिक्षकहरूले प्राथमिक उपचारका आधारभूत विधि, घाइतेको हेरचाह, रक्तश्राव नियन्त्रण, हड्डी भाँचिएको अवस्थामा उपचार, जलन तथा श्वासप्रश्वास समस्या समाधान लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरेका थिए।

कार्यक्रमको समापनमा सहभागी विद्यालयका शिक्षकहरूले रेडक्रसको प्रयासप्रति आभार व्यक्त गर्दै यसप्रकारका तालिमले विद्यार्थीहरूमा आत्मविश्वास, मानवीय मूल्य र सेवा भाव बढाउने विश्वास व्यक्त गरेका थिए।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले आगामी दिनमा पनि विपद् व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ