जन्मिएको पहिलो पलदेखि नै
हजुरले मलाई काखमा अँगालेर
ममताको न्यानो ओत र स्पर्शसँगै जीवनको पहिलो पाठ सिकाउनु भयो ।
ताप्लेजुङ्गका हरिया डाँडाकाँडा र हिमाली सुन्दरता साक्षी राखी
तमोर नदीको आँगनीमा खेल्दै म तपाइलाई हेरी रहन्थेँ
तपाईका ती आँखाभित्र मेरा जीवनका भविश्य लुकेका थिए
तपाई मेरो संसार तथा भरोसा हुनुहुन्थ्यो ।
हजुरले मलाई सिकाउनु भयो,
विद्यालय भनेको केवल चार पर्खालको कक्ष मात्र होइन
संसार कै विशाल पाठशाला हो
जहाँ प्रत्येक पीडा, संघर्ष र खुसी आफैँमा सिकाई हुन्
तपाइँले किताबका पानाभन्दा गहिरा जीवनका अर्थ बुझाउनु भयो
पढ नानी तर केवल किताबका अक्षर मात्र होइन
मानिसका मन पढ्न जान
जीवनका खुसि र आँसु बुझ्न जान
त्यही पढाइले तिमिलाई असल मान्छे बनाउँछ ।
ताप्लेजुङ्गका ती कलकल बग्ने खोला हरिया वनका बास्ना
अनी कुहिरोले ढाकेको विहानी सम्झिन्छु
त्यही पवित्र भूमिबाट बाधा अवरोध चिर्दै विराटनगर सरियो
जहाँ सपनासँगै अनगिन्ती चुनौतीहरू पनि भेटिए
तर तपाइले आत्मबल दिनु भयो
आफ्ना भित्रको आत्मबल जगाउँ
जीवनका हरेक चोटलाई साहसको गाथा बनाउँ
नानी भन्ने तपाइको सम्बोधनमा म सधैँ नयाँ ऊर्जा पाउँथे,
जब म कुनै कारणले निराश, असहज हुन्थें
तपाइ मेरो मलिन अनुहार नियाल्दै भन्नु हुन्थ्यो
नानी हताश नबन डराउनु पर्दैन
हामीले आँसु पुछ्न जानेका छौँ, जीवन जीउन सिकेका छौँ ।
बिरामी परेको बेला पनि तपाइमा त्यो दृढता डगमगाएन
अस्पतालको कोठामा हुँदा पनि मलाई भन्नु हुन्थ्यो
मेरो शरीर थाके पनि आत्मा थाकेकी छैन
म अनि तिमिहरू जहाँ जहाँ भए पनि
मेरो माया आशीर्वाद सधैँ साथ रहनेछु ।
मैले तपाइलाई त्यो अन्तिम दिन अस्पतालको ओछ्यानमा पाउँदा
बोली नआए पनि तपाइले सम्झाउनु भएका
उत्प्रेरणाका शब्द, सिकाएका पाठ र आदर्शवादका वचनहरू सम्झिए ।
झल्झली आँखामा र कानमा गुञ्जीएको आभाष भयो
विवश भए ता पनि संहालिनु नै थियो ।
फेरी सम्झिए हामीलाई छोडेर जाने मन त आमालाई पक्कै थिएन होला
शरीरमा गाह्रो भयो होला
हामीलाई सम्झनु भयो होला, तिमीहरूको मन भित्रै रहनेछु
सधैँ, सधैँ ।
त्यसपछि तपाई शान्त भएर चिर निन्द्रामा जानुभयो
हाम्रा आँखामा आँसु थिए
तर हृदयमा तपाइले दिएका उत्प्रेरणा सँगालेर हामी सम्हालियौ ।
आज हजुरले यो संसारबाट टाढा गएकै पनि एक वर्ष भयो
तपाइको आत्मा केवल अदृश्य भएता पनि
पक्कै, सन्ततिको थप सफलता, प्रगति चाहिँ रहेको हुनुहुन्छ
हजुरकै आशीर्वादले आज म मेरा हरेक खुसीको समाचारमा सम्झिरहेछु
मेरो प्रत्येक संघर्ष प्रगति र उचाइ
सबै तपाइमा समर्पित छ, हजुरआमा
तपाइ मेरो केवल हजुरआमा मात्र हुनुहुन्न
आत्मबल, विश्वास र जीवनको अमिट पथ प्रदर्शक हुनुहुन्छ ।
मेरो जीवनको यात्रामा तपाइ सधैँ साथमा हुनुहुन्छ
सधैँ, सधैँ आशीर्वाद पाइ रहनेछु
मेरो हजुरआमा, मेरो प्रेरणाको स्रोत
अल बिदा आमा
हार्दिक श्रद्धाञ्जली
नाती
अनुप अधिकारी
हाल भक्तपुर ।