भक्तपुर— नेपाल विद्यार्थी संघ भक्तपुर जिल्ला कार्यसमितिको आयोजनामा एक विशेष कार्यक्रम सम्पन्न भएको छ, जसमा नेपाली कांग्रेस भक्तपुरका पूर्व जिल्ला सभापतिहरू र हालै एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरियो।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित रहे। उनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै कडा परिश्रम, इमान्दारिता र निरन्तर लगावको महत्वबारे प्रेरणादायी विचार व्यक्त गरे।
“देशको नेतृत्व गर्ने भावी पुस्ता यिनै विद्यार्थीहरू हुन्। उनीहरूलाई मार्गदर्शन गर्नु हाम्रो कर्तव्य हो,” उनले भने। साथै, पार्टीका पूर्व जिल्ला सभापतिहरूको योगदानप्रति सम्मान प्रकट गर्दै उनले संगठन सुदृढीकरणमा उनीहरूको भूमिकालाई उच्च मूल्यांकन गरे।
कार्यक्रममा पूर्व सभापतिहरु तीलक प्रकास कायस्थ लेखनाथ न्याैपाने महेश श्रेष्ठ र गणेशमान चक्रधरलाइ सम्मान गरिएको थियो भने कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापा बागमती प्रदेस सभा सदस्य सुरेश श्रेष्ठ बागमती प्रदेश का पूर्व भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भंडेल नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लगाएतका महानुभावहरु नेविसंघका पदाधिकारीहरू, नेपाली कांग्रेसका स्थानीय नेताहरू, विद्यार्थीका अभिभावकहरू, समाजसेवी तथा विभिन्न तहका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले युवा पुस्तामा ऊर्जा थप्नुका साथै संगठनप्रति समर्पित नेताहरूको सम्मान गर्ने परम्परालाई सशक्त बनाएको आयोजकहरूले बताएका छन्।









































