भक्तपुर । नेपाली काँग्रेसकी महासमिति सदस्य तथा बागमती प्रदेशकी पूर्व मन्त्री, शहीद राधेश्याम जोन्छेँकी धर्मपत्नी रजनी जोन्छेँको निधन भएको छ। उपचारका क्रममा मध्यपुर ठिमी अस्पतालमा उहाँको आज बिहान निधन भएको परिवारले जनाएको छ।
स्वर्गीय जोन्छेँले लामो समयसम्म नेपाली काँग्रेस र लोकतान्त्रिक आन्दोलनप्रति समर्पित रहँदै राजनीतिक, सामाजिक एवं मानवअधिकारका क्षेत्रहरूमा सक्रिय योगदान पुर्याउनु भएको थियो।
उहाँका सुपुत्रहरू राजील, सत्यक र ऋषभसहित परिवारजन शोकमा हुनुहुन्छ।
स्वर्गीय जोन्छेँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।








































