मकवानपुर– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। भीमफेदी गाउँपालिका–८ बगुवा क्षेत्रमा औषधि बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भई अनियन्त्रित रुपमा सडकमै पल्टिएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
सडक बन्द भएपछि हेटौँडाबाट काठमाडौँतर्फ र काठमाडौँबाट हेटौँडातर्फ यात्रामा रहेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
दुर्घटनाग्रस्त ट्रक हटाई सडक सुचारु गराउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताए।







































