संविधान संशोधनमा एमाले लचिलो हुने : मन्त्री श्रेष्ठ

422

भक्तपुर । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संविधान संशोधनमा प्रतिपक्ष दल नेकपा एमाले लचिलो भएर आउने बताएका छन् । आज शहिद राधेश्याम जोन्छेको ५ औं स्मृति प्रतिष्ठान तथा छात्रवृति एवं प्रमाणपत्र वितरण कारर्यक्रको सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संविधान संशोधनको विषयमा सबै राजनीतिक दलहरुसँग छलफल भैरहेको बताए । मन्त्री श्रेष्ठले प्रतिपक्ष दल एमालेले लचकता अपनाउनुको विकल्प नभएको समेत बताए ।

मन्त्री श्रेष्ठले आगामी १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न हुने विश्वास व्यक्त गर्दै वर्तमान परिस्थितिमा सरकारलाई समर्थन गरेका कुनैपनि दलले समर्थन फिर्ता नलिने कुराको पनि प्रष्ट पारे ।

मन्त्री श्रेष्ठले भक्तपुरमा पहिलो चरणको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको हार्नु भनेको अवका दिनमा पार्टीलाई सशक्त बनाउन टोलदेखि जिल्ला तहसम्म संगठन विस्तारका लागि जिल्ला नेता र कार्यकर्तालाई लाग्न निर्देशन दिए । भक्तपुरमा काँग्रेसको जीतले नै शहिद जोन्छेंको सपना साकार हुने भएकाले यस प्रति ध्यान दिन पनि सबैलाई आग्रह गरे ।

शहिद जोन्छेंका श्रीमती रजनी जोन्छेंको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा भक्तपुरका तखापुखु स्थित मेघा मावि रोजिना दुवाल,कृजा ध्वजूलाई नगद रु नौ हजार, शान्ति निकेतन माविका मेनुका कायष्ठ र मानव विद्या गृह थिमीका ज्ञानी छोरी बाडेकरलाई नगद रु पाँचहजार सहित छात्रवृति एवं प्रमाणपत्र वितरण गरेको थियो ।