काठमाडौं । वर्षासंगै आएको बाढीका कारण बागलुङका विभिन्न झोलुङ्गे पुलमा क्षति पुगेको छ ।
ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्याएको गाउँपालिकाले जनाएको छ ।
पुल मर्मत सम्भार गर्नका लागि मात्रै एक करोडभन्दा बढी खर्च लाग्ने गाउँपालिकाले जनाएको छ ।