अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

0

न्यूयोर्क ।
नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन कानुन देखि समुदायले प्राप्त गर्न सक्ने सेवा सुविधाका सन्दर्भमा  शनिवारको संवादमा  छलफल भएको थियो  । समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा भएको संवादमा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयले दिने सेवाका सन्दर्भमा पनि जानकारी गराइएको थियो ।
सङ्घका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा भएको संवादमा महावाणिज्यदूत दधि राम भण्डारीले  समुदायको साथ र सहयोगले अझ बढी सेवा गर्न महावाणिज्य दूतावास सफल हुने बताउनुभयो । उहाँले नेपालको निम्ति डायस्पोरा शक्ति भएको र यो शक्ति विभाजित हुन नहुनेमा जोड दिनुभयो ।
सो अवसरमा विषय वक्ता एर्टोनी डिल्लीराज भट्टले जुन देशमा बसेका हुन्छौँ त्यो देशको कानुन मान्नु अनिवार्य भएको बताउँदै सजगकताका साथ नियम अवलम्बन गर्न सबैलाई सुझाउनुभयो । सङ्घकी डिसी मेट्रो क्षेत्रकी संयोजक सिर्जना काफ्लेको सञ्चालन रहेको संवादमा वाणिज्यदुत प्रेम बहादुर बुढथापा,गैर आवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष सत्यचन्द्र साह, सामाजिक अभियन्ता डा। विष्णुमाया परियार, फिप्नाका अध्यक्ष तोरन गुरुङ , एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष वासु लामिछाने, प्रवासी नेपाली मञ्चका अमेरिकाका निवर्तमान अध्यक्ष कृष्ण लामिछाने, एनआरएनए अभियन्ता सूर्य लम्साल सामाजिक अभियन्ताहरु धनी राम सापकोटा, प्रभा अधिकारी, पत्रकार रोशन सापकोटा, बेगम पण्डित, सुमन लिम्बु, हर्क बोहरा, शेर्पा सङ्घका एपी लामा, पुरन लिम्बु, कृष्ण आचार्य, शैलेन्द्र श्रेष्ठ, यादव बास्तोला, शान्ता थोकर, विनीता तामाङ , मनिता गुरुगं, मनोज घिमिरे लगायतको उपस्थिति थियो ।  कार्यक्रममा सञ्चारकर्मीहरू लोकमणि राई, प्रदीप परियार थापा लगायतले धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेजाका पूर्व महासचिव किरण मरहट्ठा, नेपाल सरकारका पूर्व पर्यटन दूत गोकुल श्रेष्ठ, पत्रकार सरगम भट्टराई, बद्री गौतम, अनुज थापा, बिकी पुलामी, नवीन अर्याल, दीपक परियार,  फिप्नाका महासचिव दीपक चौधरी, दर्शन ठकुरी समाजका अध्यक्ष मिलन शाही, न्युयोर्क डिस्ट्रिक्ट ३० का एसेम्ली मेम्बर सोमनाथ घिमिरे, अमित प्रताप शाह, सञ्जीव श्रेष्ठ, संयोग आचार्य, सुमन थाडसुहागं, प्रदीप खड्का, आकुर लुइँटेल, नेपाली अमेरिका कलाकार सङ्घकी अध्यक्ष बसन्ती राई, रिजवुड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, जमैका नेपाली समाजका अध्यक्ष पुष्कर खनाल, सचिव पारस भारद्वाज लगायत सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । सङ्घकी उपाध्यक्ष कल्पना घिमिरेको धन्यवाद ज्ञापन र पूर्व उपाध्यक्ष मच्छरदेवी गुरुङ को स्वागत मन्तव्य रहेको संवादमा नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, सल्लाहकार  मोहनसिंह लामा, मध्य क्षेत्रका क्षेत्रीय संयोजक ओम आचार्य लगायतले नेजाका गतिविधिमाथि प्रकाश पार्दै पत्रकार,  नेजा र  समुदायको सम्बधबारे   धारणा राख्नुभएको थियो । संवादमा पत्रकार , अधिकारकर्मी, सरकारी प्रतिनिधि, विभिन्न सङ्घ संस्थाका पदाधिकारी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।