बेथानचोक गाउँपालिकाको अठारौँ गाउँ सभा सम्पन्न

0

बेथानचोक, । बेथानचोक गाउँपालिकाको १८ औँ गाउँ सभा भव्यरुपमा सम्पन्न भएको छ । सोमबार गाउँपालिकामा सम्पन्न गाउँसभामा  बेथानचोक गाउँपालिका अध्यक्ष भगवान् अधिकारी, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षूहरु, गाउँ सभा सदस्यहरू, गाउँपालिकाका कर्मचारीहरू उलेख्यरुपमा सहभागिता रहेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहले हिउँदे र वार्षिक गरी दुईवटा सभा गर्नुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाले सोही वयव्स्थ अनुसार १८ औँ गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न गरेको हो ।

गाउँ सभामा गाउँपालिकाले चालु आर्थिक वर्षमा अहिले गरिएका विकास निर्माण, सेवा प्रवाह, सुशासन र बजेट कार्यान्वयनका बारेमा छलफल भएको थियो । सहभागीहरूले गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न  गर्नुपर्ने योजना र कार्यक्रम वर्षात अगाडि नै सम्पन्न गर्नुपर्नेमा गाउँसभाका सदस्यले औँल्याएका थिए ।

संविधानबाट प्राप्त अधिकार, अनुसूची ८ मा उल्लेखित संवैधानिक व्यवस्था अनुरूपका २२ प्रकारका स्थानीय तहको अधिकार अनुसार स्थानीय सरकारको नीति तथा कार्यक्रम, ऐन, नियम, योजना तर्जुमा तथा बजेट व्यवस्था गर्ने जिम्मेवारी एवं कर्तव्य स्थानीय सरकारको हो । सो अवसरमा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले सुशासन र सेवा प्रवाह प्रभावकारी भएको बताउनुभयो ।