अछाम । बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिती नागपर्वत नाडा अछाममा भगवती शाही स्मृती स्तम्भ उद्घाटन भएको छ ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले सो स्तम्भको उद्घाटन गरेका हुन् ।
तुर्माखाँद ४ नागपर्वतमा रहेको अति प्राचीन बागेश्वरी मन्दिर स्थापना गर्ने स्वर्गीय भगवती शाहीको सम्मान र सम्झनामा सो स्तम्भ निर्माण गरिएको हो ।
समितिका अध्यक्ष लोकेन्द्र बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी बास्कोटाले धार्मिक, पर्यटकिय क्षेत्रको रुपमा रहेको बागेश्वरी क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने बताए ।
समितिका सल्लाहकार नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य जनक बहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बास नेपालका पूर्ब अध्यक्ष मन भण्डारी, समितिका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाको अनुदानमा २०७६ साल माघ १४ गते उक्त स्तम्भ निर्माण भएको थियो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटालाई भव्य स्वागत सहित सम्मान प्रदान गरिएको थियो ।








































