भक्तपुर नगरपालिकाले गर्यो खेलाडी सम्मान (नामावली सहित)

608

भक्तपुर, २३ असार । भक्तपुर नगरपालिकाले शुक्रबार वर्षका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेको छ । ख्वप इन्जिनियरिङ कलेजको हलमा आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें, भक्तपुर नपाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले १८ खेलका उत्कृष्ट खेलाडी तथा निर्णायक र प्रशिक्षकहरुलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले सफल खेलाडीहरु भएको देशको सार्वभौमिकता बलियो हुने बताउनुभयो ।
संरा अमेरिका र चीनबीचको तीतो सम्बन्ध टेबुलटेनिस खेलले जोडेको ऐतिहासिक घटनाको चर्चा गर्दै उहाँले खेलाडीहरुले देशको भविष्य र राजनीतिबारे पनि चिन्तन गर्न जरुरी भएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेंले समसामयिक अन्तर्राष्ट्रिय परिस्थितिबारे बोल्दै संरा अमेरिकाले एसियाली देशहरुलाई युद्धमा फसाउन कतार संकट सृजना गरेको बताउनुभयो ।
‘संरा अमेरिका संसारमा युद्ध निर्यात गर्ने देश हो । आज कतार त्यसको शिकार बनेको छ ।’ उहाँले भन्नुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि नहुँदा विगत पन्ध्र वर्षदेखि नगरका खेलकुद समितिहरु निष्क्रिय हुँदा खेल क्षेत्रको विकास सुस्त भएको बताउँदै भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष एउटा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता गर्ने घोषणा दोहो¥याउनुभयो ।
उहाँले भक्तपुरमा व्यवस्थित खेलकुद मैदान निर्माणको विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उपप्रमुख रजनी जोशीले युवाहरुलाई खेलकुदमा लगाए समाज अनुशासित र स्वस्थ्य हुने चर्चा गर्नुभयो ।
वडा नं ७ का वडाध्यक्ष उकेश कवांको सभापतित्वमा भएको कार्यक्रममा वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा भलिबलका राष्ट्रिय रेफ्री विनोदचरण रायले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुको नाम घोषणा गर्नुभएको थियो ।

को–को भए सम्मानित ?
२०७३ सालका उत्कृष्ट खेलाडीहरु
१. फुटबल — पुरुष – किशोर सुवाल
२. बुद्धीचाल — पुरुषः विक्रम जती
महिलाः सविना श्रेष्ठ
३. बास्केटबल — महिला – कृशा डण्डेख्या
४. लन टेनिस — पुरुष -कृष्ण गोविन्द कासुला
५. बक्सिङ — पुरुष- प्रकाश कुमार विष्ट
महिला -नीता गोसाई
६. टेबल टेनिस — पुरुष -रेखान तामाङ
महिला – मन्जु सुवाल
७. तेक्वान्डो — पुरुष -किरण सितिखु
महिला-एलिशा लामा
८. क्रिकेट — पुरुष -ज राज तुलाधर
९. शारीरिक सुगठन — पुरुष- अमित कुमार मण्डल
१०. उसु — पुरुष -कान्ति लामा
महिला-अन्जली श्रेष्ठ
११. कबड्डी — पुरुष -सृजन प्रजापति
महिला-कृष्मा दुवाल
१२. जिम्नाष्टिक — पुरुष -उज्वल तिवारी
महिला- तारा सिवाकोटी
१३. भलिबल — पुरुष -लाक्पा तामाड्ड
महिला -एलिशा भुजू
१४. एथलेटिक्स — महिला- कान्छी माया कोजू
१५. व्याडमिन्टन — पुरुष -रविन घेमोसू
महिला- पूर्णिमा लाखे
१६. सितेरियो कराँते — पुरुष -सुवास परियार
महिला -करुणा श्रेष्ठ
१७. किक बक्सिङ — पुरुष- प्रकाशवहादुर शाही
१८. भारोत्तोलन — महिला -कमला श्रेष्ठ

२०७३ सालमा अन्तर्राष्ट्रिय पदक विजेताहरु
१. सितेरियो कराँते क) प्रविण लामा
ख) सजिना लामा
ग) सजिन लामा
घ) पूजा लामा
ङ) अन्जु भुजेल
च) बेली लामा
छ) दिपेश राई
२. टेबलटेनिस -क) अन्जु सुवाल
ख) सुजाता दुवाल
ग) मन्जु सुवाल
३. तेक्वाण्डो -क) नम्रता तुलाधर
ख) सुसेन गणेश
२०७३ सालमा प्रशिक्षक हुन सफल हुनेहरु
१. जिम्नाष्टिक- सुरेश भेले
२. टेबलटेनिस- शिव सुन्दर गोठे
३. फुटबल- धनेश्वर प्रजापति
४. जिम्नाष्टिक -क) विजेन्द्र श्रेष्ठ
ख) विष्णु वाटा
ग) श्रीकृष्ण खर्बुजा
घ) सत्य नारायण मानन्धर
ङ) सुशिला प्रजापति

२०७३ सालमा निर्णायक हुन सफल व्यक्तिहरु
१. शारीरिक सुगठन -क) सुर्य बहादुर मानन्धर
ख) सुन्दर पोडे
ग) रेन वहादुर बासुका
घ) पद्मलाल शिलाकार
ङ) बाबुकाजी मानन्धर
च) केशव नागा
२. व्याडमिन्टन- क) सुशील तुछें
ख) राजेश घेमोसू
ग) रामकृष्ण थिमी
घ) राकेश मातां
ङ) सुरेश कुमार थाश्रेष्ठ
च) विवेक प्रजापति
छ) राधेश्याम वासुकला
ज) रामेश्वर मचामसी
झ) ज्वालाराम मुस्याख्व
ञ) विजयराज थापा
३. बुद्धिचाल -क) राजकुमार लघु
ख) ईन्द्रभक्त पञ्च
ग) शिव सुन्दर श्रेष्ठ
४. फुटबल- सन्देव श्रेष्ठ
५. कबड्डी क) अनिल कोजू
ख) बलराम राजचल
ग) सुलोचना शिल्पकार
घ) दिलिपनारायण श्रेष्ठ
६. Triathlon-धनेश्वर प्रजापति
७. सितेरियो कराँते- क) प्रकाश मोहन धौभडेल
ख) पृथ्वी बासुकला
ग) रविना सुवाल
घ) गणेश सुकमनी
ङ) सन्जय तामाङ
च) उमेश बाडे श्रेष्ठ
छ) सुलोचना सिजख्व
ज) सागर लामा
झ) सुमी श्रेष्ठ
ञ) सुर्य वहादुर तामाङ

८. किक बक्सिङ- प्रकाशकुमार श्रेष्ठ
९. तेक्वाण्डो -क) रिता मुस्याख्व
ख) सुमन मारिखु
ग) राकेश मातां
१०. पौडी -सुन्दर प्रजापति
११. उसु -क) राजन वैद्य
ख) सत्यराम किजू

 

अनलाईन मजदुरवाट