भूकम्पपीडित दलित बस्तीमा सामुहिक युवा प्रयास केन्द्रको सचेतना

434

काठमाडौं । भूकम्पपीडित दलित समुदायको सचेतनाका लागि शनिबार लैंगिक समानता, वातावरण स्वास्थ्य र सकारात्मक सोच सम्बन्धी सचेतनामुलक कार्यशाला गरिएको छ ।

वैदेशिक रोजगारीका लागि दुबईमा रहेका युवाहरूको सक्रीयतामा स्थापना भएको सामुहिक युवा प्रयास केन्द्र नेपालले ललितपुरको गोदावारीस्थित झरुवारासीमा रहेको भूकम्प पीडित र दलित पुनस्थापना क्षेत्रमा सचेतना कार्यशाला गरिएको संस्थाकी उपाध्यक्ष सुस्मिता नेपालीले जानकारी दिइन् ।

डा. राजेन्द्र नेपालको सहजीकरणमा भएको लैंगिक समानता, वातावरण स्वास्थ्य र सकारात्मक सोच सम्बन्धी कार्यशालामा स्थानीय १६ देखि २४ वर्षसम्मका ४२ जना युवायुवतीको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारमा रहेका युवाहरूले पनि सामाजिक क्षेत्रमा सचेतना फैलाउन सक्छन् भन्ने सन्देश दिन संस्थाको स्थापना गरी सामाजिक सचेतना र प्रशिक्षणको कार्य गर्दै आएको संस्थाका सचिव सुरेन्द्र राईले जानकारी दिए ।

नेपाल दलित संघका ललितपुर जिल्ला अध्यक्ष विष्णु विसुङ्खेको प्रमुख आतिथ्यतामा भएको सचेतनामा तारा नेपालीले औपचारिक कार्यक्रम सञ्चालन गरेकी थिइन् ।