आईसीसी महिला विश्वकप क्रिकेटमा भारतको पहिलो हार

400

काठमाडौं । भारतले इंग्ल्यान्ड  र वेल्समा जारी आईसीसी एकदिवसीय महिला विश्वकप क्रिकेटमा पहिलो हार बेहोरेको छ । पछिल्लो चार खेलमा पराजित रहेको भारत शनिबार राति दक्षिण अफ्रीकासँग ११५ रनले पराजित भएको हो ।
इंग्ल्यान्डको लेष्टरमा दक्षिण अफ्रीकाले दिएको २७४ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा अलआउट हुँदै १५८ रनमा समेटियो । यो जितसँगै दक्षिण अफ्रीकाले शिर्ष चार रहदै अर्को चरण पुग्ने सम्भावना कायम राखेको छ । चौथो स्थानको दक्षिण अफ्रीकाले ५ खेलबाट ७ अंक जोडेको छ । यता, पराजित भारतले ५ खेलबाट ८ अंक जोडेको छ । पराजित भएपनि दोस्रो स्थानको भारतको अर्को चरणको यात्रा बलियो रहेको  छ ।
ग्रेस रोड मैदानमा दक्षिण अफ्रीकाले कसिलो बलिङ गरेपछि पाँचौ खेलमा आएर भारत पराजित हुन् पुग्यो । भारतका लागि दिप्ती शर्माले ६० तथा झूलन गोस्वामीले ४३ रनको योगदान दिएपनि टोलीलाई जित दिलाउन सकेनन् । चार ब्याट्सवुमन सुन्य रनमा पेभेलियन फर्किदा भारतका लागि पूनम राउतले २२ रन जोडिन् । दक्षिण अफ्रिकाकी कप्तान डेन भान नीकर्कले ४ तथा आयोबोन्गा खाकाले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले  पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन बनाएको थियो । दक्षिण अफ्रिकाको लागि लिजेल लीले ९२ तथा कप्तान डेन भान  नीकर्कले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै च्लोने ट्रयोन र त्रिशा छेत्टीले समान २४ – २४ रन जोडिन् । भारतकी शिखा पाण्डेले ३ विकेट लिईन् ।