साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने

67

काठमाडौं । साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर उडान हुने भएको छ ।
साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १७, १९, २३ र २७ तारिख रियादबाट उडान गर्नेछ । उक्त मितिमा नेपाल जान इच्छुक नेपालीले टिकट लिन सक्ने दूतावासले जनाएको छ ।

नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने छ ।