स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने

476

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ ।

यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ ।

निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने निर्णय गरेको हो ।

साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा निर्वाचनको मिति घोषणा नहुँदासम्म नामावली संकलन गर्ने निर्णय भएको छ । अन्य स्थानीय तहको कार्यालयमा साउन १६ देखि ३२ गतेसम्म नाम दर्ता तथा संकलन गरिने आयोगले जनाएको छ ।

निर्वाचन आयोगले साउन १ गतेदेखि फाटो सहितको मतदाता नामावली संकलन सुरु गरेको छ । तर, नाम लेखाउनका लागि स्थायी बसोबास भएको जिल्लाको निर्वाचन अधिकृतको कार्यालय (सदरमुकाम) मै जानुपर्ने भएपछि व्यवहारिक नभएको गुनासो आएको थियो ।