हुम्ला । शैक्षिक सत्र सुरु भएको ६ महिना पुग्न लाग्दासमेत हुम्लाको उत्तरी क्षेत्रमा प्राथमिक तहकै पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका पाठ्यपुस्तक नपुगेपछि सदरमुकाम सिमकोटदेखि उत्तरका बिद्यालयमा अध्ययनरन बिद्यार्थीले पुराना पाठ्यपुस्तकबाट काम चलाउने गरेको छ ।
सदरमुकाम सिमकोटदेखि ७ कोस टाढा कर्णाली माध्यमिक बिद्यालयमा कक्षा ४ को एक सेट पनि पाठ्यपुस्तक पुगेका छैनन् । ३४ जना बिद्यार्थी रहेको त्यस कक्षाका सबैले च्यातिएका पुराका पुस्तक पढ्न बाध्य छन् ।
नयाँ पुस्तक जिल्लाबाट नआएपछि पुराना पुस्तककै शैक्षिक सत्र गुजार्न बाध्य भएको प्राचार्य जयरुद्र ढकालले जानकारी दिए । नवराज महतराको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ