नेपाली कांग्रेसका संस्थापक नेता एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वि पी कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस भक्तपुरले फलफुल वितरण गरेको छ ।
कांग्रेसले भक्तपुर अस्पतालमा उपचार्थ करिव ५० जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।
फलफुल वितरण अघि कांग्रेसले दुधपाटीमा वि पीको स्मृतिमा स्मृतिसभा आयोजना गरेको थियो ।
सो सभालाई सम्वोधन गर्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले वि पीले कुनै नेपाली भोका नांगा नहुन्, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित नहुन भन्ने परिकल्पना गरेको चर्चा गर्दै वि पीको सोही विचार नै समाजवाद भएको बताउनुभयो ।
उहाँले कांग्रेसले वि पी को समाजवादी सिद्धान्तलाई अंगिकार गरी अघि बढेको र त्यसैको परिणाम आज आम नेपालीको शिक्षा स्वास्थ्य जस्ता आधारभुत सेवामा पहुँच बृद्धि भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कार्य समितिका पदाधिकारीहरु, क्षेत्रीय सभापतिहरु, नगरसभापतिहरु लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।