बेलबारी । मोरङ जिल्लाको बेलबारी नगरपालिका स्थित राधानगरमा रहेको पेट्रोलखानी गौचरनमा परिणत हुँदै जान थालेको छ । यतिबेला सो ठाँऊ आसपासका स्थानीयका लागी गाई, भैसी चराउने गौचरन बनेको छ ।
सत्ताइस वर्षअघि सो ठाँउमा पेट्रोलखानी रहेको प्रमाण भेटिएपछि सुरु गरिएको उत्खननलाई निरन्तरता दिन केपी ओली नेतृत्वको सरकारले निर्देशन दिएसँगै सो ठाँउको अनुगमन गर्ने र चिनियाँ बिज्ञ
सहितको टोली त्यस ठाँउमा अबलोकनका लागी पुगेर अनुसन्धान गर्नुका साथै सो ठाँ
उमा काम शुरु गर्ने बताएपनि ओली सरकार सँगै सो कुरा पनि सेलाएको छ ।
मोरङको बाहुनीमा अवस्थित पेट्रोलखानी सञ्चालनमा ल्याउन सरकारसँग स्थानीय बासिन्दाले पटक पटक माग गर्दै आएका छन ।
विसं २०४५ मा प्रमाणित भएको पेट्रोलखानी अलपत्र छाडिनुमा सरकार दोषी रहेको आरोप स्थानीयवासीको छ ।
सत्ताइस बर्ष बित्दासमेत पेट्रोल निकाल्ने त कुरै छाडौँ ड्रिल गरेर खनिएको क्षेत्रलाई अलपत्र छाडिएको स्थानीयवासी सन्तोषी चौधरी बताउँछिन ।
पञ्चायतकालमै २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ छ भन्ने तथ्य पत्ता लागेको स्थानीयवासीले जानकारी दिएका छन् ।
दुई बिगाहा १७ कट्ठा जमिनमा अवस्थित क्षेत्रफलका आधार इलाकामा पेट्रोलको कच्चापदार्थ रहेको पुष्टि भएपछि त्यहाँको जग्गा स्थानीयवासीबाट अधिग्रहण गरिएको थियो ।
सो ठाँउमा लगाईएको तारबार समेत भत्किएको र सो क्षेत्र गौचरनमा परिणत भएको छ । स्थानीयवासीका अनुसार २०४२ सालमा यहाँ पेट्रोलको कच्चापदार्थ फेला परेपछि सर्वे थालिएको थियो ।
पेट्रोल अन्बेषण परियोजना नै सक्रिय भएर नेपाल, इटाली, नेदरल्यान्ड्स र स्वीट्जरल्यान्डका प्रतिनिधिको सहभागितामा खानी उत्खनन सुरु गरिएको थियो । पेट्रोल खानी उत्खनन किन बन्द गरियो आधिकारिक रुपमा कसैलाई जानकारी छैन ।
छिमेकी मुलुक भारतले लामो समय सम्म अघोषित नाकाबन्दी लगाएपछि उत्पन्न भएको पेट्रोलियम पदार्थको चरम संकटको बेला ओली सरकारले देशभरका खानीको निरिक्षण र अन्बेषण गरेपनि त्यसको नतिजा लगभग शुन्यकै अबस्थामा छ ।
नरेन्द्र बस्नेत पूर्वेली न्यूज