घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक

497

बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ । त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण ।

जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि ।

प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो छ।

प्रशूतिका लागि स्वास्थ्य संस्थामा आउने संस्कार विकास गर्न यस्तो उपाय अपनाइएको हो,’ स्वास्थ्य चौकी प्रमुख मदनसिंह महराले भने,‘तीन पुस्ते विवरण सार्वजनिक गर्न थालिएपछि समाजिक मर्यादामा आँच आउने डरले स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनेको संख्या बढेको छ।’यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।