देशमा मौलाएको मौलिकता विरोधी क्रियाकलापप्रती राप्रविसंघको विरोध

717

भक्तपुर । पछिल्लो समय देशमा मौलाएको मौलिकता विरोधि,गौरवशाली इतिहाँस विरोधी र अराष्ट्रिय शिक्षा र सँस्कार प्रती राप्रविसंघले विरोध जनाएको छ ।

राप्रविसंघले प्रेस विज्ञप्ती मार्फत देशमा मौलिकता विरोधी क्रियाकलापले प्रसय पाएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

आफुहरु देशको सास्कृतिक, मौलिक,गौरवान्वित इतिहाँसको र राष्ट्रियताको सम्मान गर्ने साथै सकरात्मक परिवर्तनको लक्ष बोकेको वैज्ञानिक शिक्षाको पक्षमा रहेको वताउँदै देशमा हाल यस्ता क्रियाकलाप नभएको प्रति चिन्तित भएको जनाएको छ ।

संघठनले हाल देशमा परिवर्तनको नाममा नेपालको गौरव इतिहाँस ,मौलिक सँस्कार सँस्कृती ,नेपाली विर विरङ्गनाको गाथा लाई राज्यबाटै हदै सम्मको अपहेलना गरिएको प्रति दुःख ब्यक्त गरेको छ ।

राष्ट्रिय एकता र राष्ट्रियता कमजोर भएको र राष्ट्र निर्मातालाई इतिहाँसमा विलिन गराउने चलखेल जनाउँदै इतिहाँस र विरताको सम्मानलाई राप्रविसंघ फर्काउन हदैसम्म लाग्ने समेत जनाएको छ ।

संघले हाल हरेक नेपालीका छोराछोरीले देशको विषयमा तिनको विरता अनि सम्मानका लागि हरेक तहका पाठ्य पुस्तकमा उक्त कुरा उल्लेख गर्नु पर्नेमा जोड दिएको छ ।
प्रेस विज्ञप्ती