सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने

312

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ समर ओलम्पिक खेलकुद अन्तर्गतको सन् २०२८ को संस्करण अमेरिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सोमबार राति एक प्रेस विज्ञप्तिबाट सन् २०२८ को ओलम्पिक अमेरिकामा गर्ने जनाएको हो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको खेल अर्गनाइज कमिटिको बैठकले सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलस (एलए) शहरमा आयोजना गर्ने निर्णय गरेको हो । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ओलम्पिक आयोजना गर्न र तयारीको लागि त्यहाको ओलम्पिक कमिटीलाई १.८ विलियन युएस डलर सहयोग दिने समेत निर्णय गरेको छ ।

अमेरिकामा योजना हुने ओलम्पिक अघि दुई सस्करणको ओलम्पिक खेलकुद आयोजना हुने छ । सन् २०२० को ओलम्पिक जापानको टोकियोमा आयोजना हुने छ ।

त्यसपछि सन् २०२४ को ओलम्पिक खेल फ्रान्सको पेरिसमा हुने तय भैसकेको छ  ।