खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो

391

नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ।

प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य घटाएर समायोजन गरिएको निगमले जनाएको छ।

यसअघि प्रतिसिलिण्डर १३५० रुपैयाँ रहेको ग्यासलाई अव उपभोक्ताले १३२५ तिरे पुग्ने भएको छ।

निगमका प्रवक्ता सिताराम पोखरेलले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य समायोजना गरिएको बताए।

अन्य इन्धनको मूल्य भने बढेर आए पनि हाललाई भने साविककै मुल्यलाई निरन्तरता दिइएको उनले बताए।