यौनसम्पर्कबाट गर्भ रहन नदिन यसो गर्नुहोस

2304

परिवार नियोजनको साधन प्रयोग गरि यौनसम्पर्क गर्नु सबैभन्दा राम्रो उपाय हो। त्यसबाहेक प्राकृतिक उपाय अपनाउन सकिन्छ। नियमित २८-३० दिनमा महिनावारी हुने महिलाहरूमा सामान्यतः महिनावारी सुरु भएको ९ देखि १९ दिनसम्मको समयलाई असुरक्षित समय भनिन्छ।

उक्त अवधिबाहेकको समय अर्थात् ४ देखि ९ तथा २० देखि २८ दिनसम्मको समयमा मात्र यौनसम्पर्क राख्दा गर्भ रहने सम्भावना कम हुन्छ। त्यस्तै वीर्य स्खलन गर्दा योनिमार्ग बाहिर गर्ने जस्ता प्राकृतिक उपाय प्रयोग गर्न सकिन्छ, तर यस्ता उपायमा पूर्ण रूपले भर पर्न सकिँदैन।एजेन्सी