संविधान संशोधन नभए चुनावमा जान्नौंः राजपा

272

काठमाडौं । राजपा नेपालका महासचिव केशव झाले संविधान संशोधनलगायत अन्य माँगहरु पूरा नभए चुनावमा नजाने स्पष्ट पारे ।

उनले भने, “हाम्रा मागहरु पूरा भएनन भने हामी निर्वाचनमा भाग लिँदैनौं, यथास्थितिमा निर्वाचनमा हामी जाँदैनौं ।”

संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि सरकारले ईमानदार प्रयास नगरेको समेत झाले आरोप लगाए ।

उनले भने, “सरकारले संशोधन प्रस्ताव पारित गराउनको लागि ईमानदार प्रयास गर्ने हो भने हामी खेलको नियम मान्न तयार छौं ।”

उनले सरकारले सँधै आफूहरुलाई अन्धकारमा राखेको समेत गुनासो पोखे ।

उनले असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफूहरुलाई पनि भाग लिने वातावरण बनाउन सरकारसँग पटक पटक आग्रह गरिएको जनाए । उनले भने, “क्याबिनेटमा हुने कतिपयहरु निर्णयहरु लिने काम भएको छैन, हामीलाई झुक्याउने काम भैरहेको छ, यो अति भयो ।”