सिंहदरवार भित्र किन भारतीय लगानीको बैंक ?

312

काठमाडौं –नेपाल सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरवारमा सरकारी लगानीको बैंक स्थापना गर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै संसद्मा आवज उठेको छ ।

व्यवस्थापिका संसद्को बुधवार बसेको बैठकको शून्य समयमा नेमकिपा सांसद् प्रेम सुवालले भारतीय लगानीको बैंकवाट सिंहदरवारभित्र कारोवार गर्नु विलम्बनाको बिषय भएको बताएका हुन् ।

‘सिंहदरवार भित्र नेपाल सरकारको लगानीको बैंक छैन, भारतीय लगानी भएको बैंकबाट कारोवार गर्छ । राष्ट्रिय वाणिज्य बैंकको बन्दोबस्त सरकारले किन गर्दैन ? सरकारले दुई बर्ष अगाडि एक साता भित्र बाणिज्य बैंकको शाखा खोल्ने भनेको के भयो ?’ उनले प्रश्न गरे ।

सिंहदरवार भित्र अहिले भारतीय लगानीको पञ्जाब बैंकको समेत लगानी रहेको एभरेष्ट बैंकको शाखा छ । संसद् सचिवालयले सोही बैंक मार्फत सांसद्हरुलाई तलव भत्ता वितरण गर्ने गरेकोे छ ।