काठमाडौं – नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको भदौ ७ देखि ११ गते सम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलनको मिति घोषणासंगै संगठनमा नयाँ तरङ्ग आएको छ ।
यो अखिल क्रान्तिकारीको २१औं सम्मेलन हो ।
यो पटक क्रान्तिकारीमा पनि नेतृत्व चयनकोलागि निर्वाचन हुनसक्ने भन्दै सुरुमा नै रमेश मल्लको नेतृत्वमा निर्वाचन टोली गठन भइसकेको छ ।
क्रान्तिकारीमा अहिले नयाँ किसमको तरङ्ग उत्पन्न भएको हो ।
अहिले सम्म माओवादीले सर्वसम्मत नेतृत्व चयन गदै आएको थियो ।
यो पटक पनि सर्वसम्मत गर्ने प्रयास भएन भने निर्वाचनमा जानुको विकल्प नहुने पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक रमेश मल्लले हामीलाई बताए
। विद्यार्थीहरु भने अहिले आ–आफ्ना समुहमा छलफलमा व्यस्त छन् ।
धेरैजसो सुनसान रहने बागबजारको संगठनको कार्यलयमा अहिले चहलपहल बढेको छ ।
यदि सर्वसम्मत भएन र निर्वाचन हुने भयो भने, विद्यार्थीहरु त्यसको लागि तयारीमा अवस्थामा रहेको सचिवालय सदस्य अनिल के सि ले बताए ।
सकेसम्म नेतृत्व सर्वसम्मत बाट आउनु पर्छ यदि भएन भने स्वच्छ प्रतिष्पर्धा गराउदा नयाँ अभ्यास हुने उनको तर्क छ ।
मुख्य दाबेदार पार्टी नेतृत्वले पनि निर्वाचन गराएको खण्डमा प्रमुख रुपमा अध्यक्षको लागि दाबेदार मानिएका अहिलेका उपाध्यक्ष अनिल शर्मा, रामचन्द्र अधिकारी, रन्जित तामाङ, उत्तम अधिकारी, खुशिराम चौधरी,मदन अर्याल र मिनकुमार शिवाकोटी छन् ।
रामचन्द्र अधिकारी, अधिकारी चितवनका हुन ।
पार्टी अध्यक्ष प्रचण्ड रामचन्द्र अधिकारीलाई बनाउन चाहना राखेको कुरा पनि क्रान्तिकारीबीच बहसको बिषय बन्न थालेको छ ।
३ नं प्रदेशकोलाई नै नेतृत्वमा ल्याउनु पर्छ भनेर लबिङ सुरु भएको पनि चर्चा चल्न थालेको छ ।
उनी पुराना विद्यार्थी नेता हुन करिब उनी उमेरले ३५ बर्ष नागेको एक केन्द्रीय नेताले बताए।
अन्य उम्मेदवारको भन्दा उनको उपत्यकाका मा राम्रो प्रभाव छ।
(अनिल शर्मा )पूर्व उर्जा मन्त्री तथा वर्तमान गृहमन्त्री जनार्दन शर्माका भाइ हुन ।
उर्जामन्त्री हुदा जनार्दनले गरेको राम्रो कामको प्रभाव अनिलसम्म पनि पर्यो ।
अनिल पार्टी र आम विद्यार्थीमा लोकप्रिय छन् ।
उनको गृह जिल्लामा सबै स्थानीय तह माओवादीले जितेको छ ।
यो सबै कुराको फाइदा अनिल शर्मालाई हुने विद्यार्थीहरु बताउँछन ।
(रञ्जित तामाङ )बर्षमान पुन नजिकका मानिन्छन् ।
जनजातिको हिसाबले पुनले तामाङलाई सहयोग गर्ने अनुमान विद्यार्थीबीच छ उनीको घर झापा हो र उनी पुर्वका विद्यार्थीको राम्रो साथ पाउनेविश्वासमा छन।पश्चिममा उनी तिलक राज भण्डारीको सहयोगमा राम्रो मत प्राप्त गर्ने र अाफ्नो अध्यक्ष पद सुरक्षित गर्ने दाउमा रन्जित छन।
(उत्तम अधिकारी र खुशिराम चौधरी) नेता राम बहादु थापा निकटका हुन । अधिकारी शालिन र वैचारीक नेताका रुपमा परिचित छन् उनिहरु दुवै अहिले संगठनका ।
(मदन अर्याल)पार्टी नेता नारायण काजी श्रेष्ठ प्रकाश को नजिकको पात्रको रुपमा लिहिन्छ।
उनलाई पुर्व विद्यार्थी नेता जागरित रायमाझीको राम्रो सपोर्ट मिल्नेछ र उनी सांसद निसा कुमारी यादव उनकी श्रीमती हुन।
उनी हाल उपाध्यक्ष को जिम्मेवारी मा छन।
(मिनकुमार शिवाकोटी) स्थानिय निर्वाचन अघि मात्र नेकपा माले बाट अाफु केन्द्रीय उपाध्यक्ष सहित नौ जना केन्द्रीय सदस्य लिएर माअोबादि केन्द्र मा प्रवेश गरेका हुन।
उनी सँग नेकपा बाट सपना प्रधान को नेतृत्वमा अाएका विद्यार्थी नेताहरू नजिक रहेको र अन्य प्यानलले नसमेटिएका नेताकार्यकर्ता लाई समेटेर उनीपनि प्रतिस्पर्धामा मैदानमा उत्रिने देखिन्छ मातृका यादव निकट मानिने यज्ञराज खरेल,विप्लव समुह बाट विद्यार्थीको नेतृत्व गरेर अाएका दल वहादुर जिसि,नयाँ शक्ति बाट भखरै मात्र एकतामा अाएका विद्यार्थहरु अाफ्नो समर्थन गर्ने उनको दावी छ।