युवालाई राजनीतिवाट बाहिर राखेर समाजवाद असंभव :नेता गिरी

758

नगरकोट । समाजवाद अध्ययन केन्द्रले समाजवाद विषयक नेतृत्व विकास सम्बन्धी कार्यशाला सम्पन्न गरेको छ ।
केन्द्रले आठारौं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भक्तपुर चाँगुनारायण स्थित रात्नागिरी रिसोर्टमा केन्द्रले समाजवादको विकासमा युवा भुमिका विषयक एक दिने कार्यशाला गरेको हो ।

कार्यशालामा बोल्दै समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदिप गिरीले अवको नेपाली राजनीतिमा युवाको भुमिका गहन हुने वताउनुभयो । उहाँका अनुसार अवको दिन भनेको युवाको दिन हो युवालाई अवको दिनमा पनि राजनीतिमा अलग राख्ने र बुढा पुस्ताले नै राजनीति गर्ने हो भने नेपालमा कसैले पनि सोचेको जस्तो समाजवादको परिकल्पना हुन नसक्ने वताउनुभयो । आजका युवा लाई विदेश पलायन हुने वाटो भन्दा यहि केहि गर्ने वातावरण वनाउनु सकेमा मात्र सवैले सोचे जस्तो समाजवादको परिकल्पना गर्न सक्ने नेता गिरीको भनाई थियो ।

यस्तै कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका युवा नेता एवं केन्द्रिय सदस्य प्रदिप पौडेलले नेपालको सवालमा समाजवाद कस्तो हुनु पर्दछ भन्ने सोच्ने दिन आएको वताउनुभयो । उहाँका अनुसार आजको दिनमा जनताको पहुँच भन्दा वाहिर शिक्षा, स्वास्थ्य , रोजगारी लगायत अन्य कुरा पुगेको छ उक्त कुराको पहुँच पुञ्याउनु नै आजको आवश्यकता भएको वताउनुभयो । शिक्षा दिनानुदिन महँगो हुँदै जाने स्वस्थ्यको पहँुच केहि सिमित वर्गका हातमा मात्र हुनु र रोजगारीका लागि विदेश पलाएन हुन् बाध्य गराईने हो भने कुनै पनि हालतमा समाजवादको कल्पना गर्न नसकिने पौडेलले वताउनुभयो । पौडेलका अनुसार अवको दिनमा गरिव मुखी अर्थतन्त्र निर्माण गर्नु पर्ने वितरणका सवालमा कुरा मात्र हैन काम गरि मुलुकलाई अत्म निर्भर र समृद्द वनाउन सके मात्र हामीले समाजवादको परिकल्पना गर्न सक्ने वताउनुभयो ।
कार्यशालामा डक्टर नारायण सिंह खत्रीले मुलुक विग्री सकेको वताउनुभयो । उहाँका अनुसार देश तहसनहस भई सकेको छ मेची देखि महाकाली सम्मको माटोलाई नै देश भन्ने हो भने पनि जंगे पिलर मिची खाई सकेका छन् युवाको भुमिका कमिका कारण देशको यो हालत भएको हो । नीति वनाउने कुरामा अव पनि युवा हावी नहुने हो भने अझ देश वन्न सयौं वर्ष लाग्ने उहाँले वताउनुभयो ।

कार्यशालामा भाषणकला तथा नेतृत्व विकास सम्वन्धी प्रस्तुती नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष तथा नायव महाप्रवन्धक महेशराज दाहालले प्रस्तुती गर्नु भएको थियो ।
समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फूयालको अध्यक्षतामा भएको कार्यशालामा नेपाली कांगेसका भक्तपुर र काभ्रेका जिल्ला सभापति क्रमश : दुलर्भ थापा र मधु आचार्यले पनि समाजवादको स्वागतका लागि युवाको भुमिका गहन रहने वताउनुभएको थियो । कार्यक्रममा भक्तपुर तथा काभे्र जिल्लाका १सय ५० जना सहभागिको सहभागिता रहेको थियो ।

कार्यक्रम संचालन केन्द्रका सचिव डा.कमल फुयालले गर्नुभएको थियो भने स्वागत युवा नेता जनक खत्रीले गर्नुभएको थियो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा रहेर समाजवादकालागि योगदान पुञ्याउँदै आउनुभएका ११ जनालाई सम्मान गरिएको थियो ।