काठमाडौंमा रहेका मुसलमानी संगठनमाथि भारतको नजर !

354

काठमाडौं — काठमाडौंमा रहेको इस्लामी संघ आजकल भारतीय जासूसी निकायको निगरानीमा परेको छ । यो संगठनले भारतबाट भागेर आएका आतंकवादीहरूलाई आश्रय दिइरहेको निकायहरूले शंका गरेका छन् ।

इन्डिया मुजाहिद्दीनका आतंकवादीहरू अब्दुल सुभान कुरैशी उर्फ तौकीर र आरिफ मोहम्मद उर्फ जुनैदको विगत एक महीनाभित्र भएको पक्राउले यो कनेक्सनको खुलासा गरेको हो ।

दिल्ली प्रहरीको विशेष सेल र जासूसी निकायहरूका अनुसार, उनीहरूले इस्लामिक संघ नेपालको निजाम खानको खोजतलास गरेका थिए । उसले यी आतंकवादीहरूलाई लजिस्टिक सहयोग उपलब्ध गराउँछ ।

जासूसी निकायहरूको आशंकाका विषयमा सोधिएको प्रश्नको इस्लामी संघले कुनै पनि उत्तर दिएन । दिल्ली, अहमदाबाद र मुम्बईजस्ता शहरहरूमा बम धमाका र आतंकवादी घटना गराएपछि तौकीर र जुनैदजस्ता खतरनाक आतंकवादीहरूले सन् २००८ तिर नेपालमा शरण लिएका हुन् भन्ने सन्देह जासूसी निकायले गरेका छन् ।

निजाम खानलाई आतंकवादी संगठन इन्डियन मुजाहिद्दीनका संस्थापक रियाज भटकलका नजिकको मानिस मानिन्छ । स्पेसल सेलका अधिकारीहरूका अनुसार, उनी पाकिस्तानी जासूसी निकाय आईएसआईको सुरक्षामा पाकिस्तान र पश्चिम एसिया आउजाउ गरिरहेको हुन्छ ।

इस्लामिक संघ नेपालको विचारधारा पनि प्रतिबन्धित आतंकवादी संगठन सिमीसँग मेल खाने जासूसी निकायहरूको भनाइ छ ।

एजेन्सीहरूका अनुसार, खानले नै तौकीर र जुनैद जस्ता आतंकवादीहरूलाई सहयोग गरे अनि नेपालको किर्ते नागरिकता दिलाए । यति मात्र नभई यी आतंकवादीहरूलाई उनले नै जागिर दिलाए र खाडी मुलुकहरूमा पुग्नका लागि पैसा र जनशक्तिको व्यवस्था गरे । इन्डियन मुजाहिद्दीनलाई फेरि ब्युँताउन यसो गरिएको एजेन्सीहरूको दाबी छ ।

एजेन्सीहरूका अनुसार, खानले विराटनगरस्थित नबी प्लाजामा फरेन मनी एक्सचेन्ज चलाउने गरेका छन् । नाम नबताउने शर्तमा दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीले बताएअनुसार, खानको एउटा घर काठमाडौंमा पनि छ र त्यहाँ
उसले एउटा समूह प्रयोग गरेर भारतविरोधी गतिविधि चलाउने गरेको छ ।

उसलाई यस काममा अताउल्लाह, हसन र ताहिर महमूदले साथ दिने गरेका छन् । ताहिर पहिले पनि सिमीसँग जोडिएका हुन् । उनीहरू कामको बहाना बनाउँदै भारत पनि प्रायः जसो आउने गरेका छन् ।

अनुसन्धानले खुलाएअनुसार, गोरखामा अटो रिपेयर शप चलाउने हसन मुम्बई आएका थिए र उनले कुरीयरका रूपमा काम गर्दै तौकीरको परिवारजनसँग भेट गरे । जासूसी निकायहरूका अनुसार, नेपालमा पनि ठूलो संख्यामा
इन्डियन मुजाहिद्दीनका आतंकवादीहरू रहेका छन् ।

नवभारत टाइम्सबाट