भक्तपुर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको आगामी राष्ट्रिय महाधिवेशन का लागि भक्तपुर डिएलएबाट महासचिव पदका लागि भक्तपुरका अधिवक्ता रविन्द्र प्रधान सर्वसम्मत रूपमा चयन हुनुभएको छ।
डिएलए नेपालको भदौ १९ र २० गते बुटवलमा आयोजना हुने राष्ट्रिय महाधिवेशनमा प्रधानलाई महासचिव पदका लागि भक्तपुरबाट सर्वसम्मत उम्मेदवारका रूपमा चयन गरिएको हो।
कानून व्यवसायको क्षेत्रमा सक्रिय प्रधान भक्तपुरबाट डिएलए नेपालको केन्द्रीय नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्न आफु तयार भएको प्रधानले बताउनुभयो ।
डिएलए नेपाल लोकतान्त्रिक मूल्य, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा कानून व्यवसायीको पेशागत हकहितका विषयमा सक्रिय रहँदै आएको संगठन हो। राष्ट्रिय महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनलाई थप प्रभावकारी र गतिशील बनाउने अपेक्षा गरिएको छ।
भदौ १९ र २० गते बुटवलमा हुने महाधिवेशनले डिएलए नेपालको आगामी कार्यदिशा तथा नेतृत्व तय गर्नेछ।







































