निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको प्रश्न ‘एउटा काम गर्ने क्षमता भएको व्यवसायीले २० वटाको जिम्मा लिने?’  :: PahiloPost

266

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी निर्माण व्यवसायीलाई प्रोत्साहन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभाको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले स्वदेशी निर्माण व्यवसायीहरुको स्तर र क्षमता वृद्धि गर्नमा सरकार सकारात्मक रहेको बताएका हुन्। 

देश विकासको जिम्मा निर्माण क्षेत्र कै काँधमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यो पेशालाई मर्यादित बनाउन आग्रह गरे। “तपाईंहरुको काँधमा  देश निर्माणको ठुलो जिम्मेवारी छ। तर तपाईंहरु भित्र रहेका विसंगतिहरुको अन्त्य हुनु पनि जरुरी छ” प्रधानमन्त्री ओलीले भने “एउटा काम गर्न सक्ने क्षमता भएको व्यवसायीले २० वटा काम जिम्मा लिने। अनि एक बर्षमा सकिने कामका लागि २०बर्ष पर्खनु पर्ने? यस्तो थिति अब चल्दैन।”

प्रधानमन्त्री ओलीले सबै उत्पादनसँग निर्माण क्षेत्र सम्बन्धित रहेको बताए। “किसानले उत्पादन गरेको कृषि उपज आयात निर्यात गर्न होस वा कुनै औद्योगिक उत्पादन आपूर्ती गर्न  निर्माण क्षेत्र कै भूमिका हुन्छ” प्रधानमन्त्री ओलीले भने।

Source link