प्रदेश नं. १ का १४ जिल्लामा २४ घण्टामा ६ सय ७४ वटा सवारी साधन कारवाहीमा परेकाे १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट ६७४ वटा सवारी नियम उल्लंघन गर्ने सवारी साधन कारवाहीमा परेका हुन् । मादक पदार्थ सेवन गरेर सवारी चलाउने ३७ जना, मोटरसाईकलमा ३ जना चढेर यात्रा गर्ने ९ जना, विना हेल्मेट मोटरसाईकल चलाउने ६ जना, क्षमता भन्दा बढी मालसामान ढुवानी गर्ने ८६ जना, सवारी चालक अनुमति पत्र नभएका २३ जना, सवारी चालक अनुमति नभएकालाई सवारी साधन चलाउन दिन ३१ जना, जथाभावी पार्किङ्ग गर्ने २८ जना, रोक्न निषेधमा सवारी साधन रोकेको ६५ जना रहेका छन् ।
त्यसै गरि पार्किङ्ग निषेधमा सवारी साधन पार्किङ्ग गरेको ६ जना, सुरक्षा पेटी नबाधेको ६ जना, कागज पत्र साथमा नराखेको १५१ जना, ट्राफिक इशारा उल्लघन ७ जना, सवारी साधनको बत्तीको अवस्था ठिक नभएको २० जना, तिब्रगतिमा सवारी चलाएको ५ जना, हर्न निषेधमा हर्न बजाएको ५ जना, बिना रुट सवारी संचालन गरेको ३ जना, ढोका खुल्ला गरी सवारी साधन चलाएको १६ जना, हद भन्दा बढी मालसामान ढुवानी गरेको ३० जना, लापरवाही साथ सवारी साधन चलाएको १४० जना गरी जम्मा छ सय चोवत्तर जना सवारी चालक तथा धनीहरु ट्राफिक कारवाहीमा परेका छन ।

Purbeli TV











































