भक्तपुरः भक्तपुर नगरपालिका–९ च्यामासिहंबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
शुक्रबार अपरान्ह्र साढे ५ बजे महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भक्तपुर नगरपालिका वडा नं.४ राममन्दिर घर भई च्यामासिहंमा मासु पसल सञ्चालन गर्दै आएका ३६ वर्षीय सुदर्शन शाहीको मासु पसलबाट तास खेलिरेहको अबस्थामा १० जनालाई नगद रू ७३ हजार २ सय १० र ६ थान ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।








































