भक्तपुरमा मौलिक झल्कोका साथ साखः ग्रुपको बैंक्वेट सञ्चालनमा आउँदै

512

भक्तपुर । भक्तपुरमा मौलिक पन अनी नेपाली परम्परा झल्कने बैंक्वेट संञ्चालनमा आउने भएको छ । आगामी वैशाख ३ गतेदेखि साखः ग्रुपको जन्को चोक बैंक्वेट सञ्चालनमा आउने भएको हो ।
व्यवसायी गणेशभक्त साखः अध्यक्ष रहेको साखः ग्रुपले भक्तपुरको राधे राधेस्थित हनुमन्ते पुलसँगैको कम्पनीको परिसरमा आगामी वैशाख ३ गतेदेखि “जन्को चोक बैंक्वेट” नामक बैंक्वेट सञ्चालनमा ल्याउन लागेको हो ।
उपत्यकामा पार्किङ समस्यालाई मध्यनजर गर्दै यथेस्ट पार्किङ सुविधाका साथ हनुमन्ते पुल सँगै जाँको चोकमा ग्रुपले जन्को बैंक्वेट सञ्चालन गर्न लागेको साखः ग्रुपका अध्यक्ष गणेश भक्त साखःले जानकारी दिनुभयो ।
भक्तपुरमा मंगलवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष साखः ले मौलिक सभाहलका लागि आफूले बैंक्वेट सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभएको हो ।
भक्तपुरमा सुविधा सम्पन्न एवं कलात्मक बैंक्वेट निर्माण गरेको अध्यक्ष साखःले बताउँदै उपत्यकामा विभिन्न सुविधा सम्पन्न बैंक्वेट भएपनि आफूले सञ्चालनमा ल्याउन लागेको बैंक्वेट भने नितान्त मौलिक एवं परम्परागत अनी सुविधा सम्पन्न रहेको दावा गर्नुभयो ।
बैंक्वेटको मुख्य आर्कषक भनेको कलात्मक धलौटबाट बनेका देवदेवीका मुर्तीका साथैै तामा र पित्तलले नै सजिएको भित्ता अनी सिलिङ रहेको छ ।
विभिन्न सभा, सम्मेलन, सेमिनार, गोष्ठी, विवाह, ब्रतबन्ध लगायत सबै भोज तथा कार्यक्रम गर्न उपयुक्त स्थानका रुपमा सञ्चालनमा आउने बैंक्वेटमा वैशाख मसान्तसम्म बुकिङ गर्नेलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको समेत उहाँले जानकारी दिनुभयो ।