काठमाडौं, गायक राज सागर र गायिका अन्जु श्रेष्ठको आधुनिक गीत ‘आँखा बन्द’ सार्वजनिक भएको छ । राजको जन्मदिनको अवसर पारेर बुधबार राजधानीमा एक कार्यक्रमबीच ‘आँखा बन्द’ सार्वजनिक गरिएको हो ।
राजको सङ्गीत र स्वर रहेको यस गीतलाई गायिका अन्जु श्रेष्ठले लेखेकी हुन् । राज सागर र अन्जुकै अभिनय रहेको यो भिडियोलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका छन् ।
प्रेमको गहिरो भावलाई चित्रण गरिएको भिडियोमा सन्जीत श्रेष्ठको छायाँकन र सुशिल न्यौपानेको सम्पादन तथा दिनेश वलीको सह सम्पादन रहेको छ ।
गीत सार्वजनिक समारोहमा गायक, सङ्गीतकार, सञ्चारकर्मी, कलाकारलगायत नेपाली कला साहित्य र सङ्गीत क्षेत्रमा आवद्ध ब्यक्तीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
मिलाप परिवार राजको यो जन्मदिनको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछ । आउँदा दिनहरुमा उनका क्रिएशनले अझ धेरै स्रोता/दर्शकको मन जित्न सकोस यही कामना । दीर्घ आयु, सुस्वास्थ्य, समृद्धि र सफल जीवनको कामना ।







































