अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

0

काठमाडौं । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।

 प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन हिंसात्मक बनेपछि मंगलबार बिहानैबाट युवाहरू आक्रोशित छन् ।

उनीहरूले सिंहदरबारसहित सर्वोच्च अदालत,  अन्य सरकारी कार्यालय, शीर्ष नेताका घर र पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिरहेका हुन् ।

सोमबार र मंगलबारको प्रदर्शनमा २१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते छन् ।

सामाजिक सञ्जाल बन्द व्याप्त बेथितीको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताका युवाहरू केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिइसक्दा समेत प्रदर्शन रोक्न तयार देखिएका छैनन् ।