भक्तपुरमा वकिलहरूबीच फुटसल प्रतियोगिता शनिबारदेखि

0

भक्तपुर — भक्तपुर बार एसोसिएसनको आयोजनामा कानुन व्यवसायीहरूबीचको फुटसल प्रतियोगिता शनिबारदेखि भक्तपुरको बालकोटस्थित भ्याली फुटसलमा सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश नवराज दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

भक्तपुर बार एसोसिएसनका अध्यक्षा रामसुन्दर खाईतुका अनुसार प्रतियोगितामा विभिन्न कानुनी संस्था तथा कानुन व्यवसायीहरूको प्रतिनिधित्व गर्दै १४ टोली सहभागी हुँदैछन्। कानुन व्यवसायीबीच आपसी सम्बन्ध, सहकार्य तथा खेलकुद संस्कृतिको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खाईतुले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ भक्तपुर बार एसोसिएसनका सचिव अनिस सुवालले जानकारी दिनुभयो । उहाँका अनुसार विजेता टोलीले २० हजार रुपैयाँ, उपविजेता टोलीले १० हजार रुपैयाँ तथा तृतीय हुने टोलीले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

खेलकुद गतिविधिले कानुन व्यवसायीबीच आपसी सद्भाव, एकता र व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको भक्तपुर बारले जनाएको  छ।

प्रतियोगिताको उद्घाटन खेलमा भक्तपुर बार ‘ए’ र इजी लिगल सर्भिसबीच प्रतिस्पर्धा हुनेछ।