राप्रपाले धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने

262

भक्तपुर । नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।

 पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि सम्पन्न गरिसकेको छ ।

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत बैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम प्रारम्भ गरेको राप्रपाले बैशाख ६ गते धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ । राप्रपाले बैशाख ६ गतेको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने “टर्निङ्ग प्वाइन्ट” हुने बताएको छ, राप्रपा भक्तपुरका जिल्ला अध्यक्ष माधब खत्रीले  ६ गतेको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रुपमा रहने जानकारी दिए । उनका अनुुुसार उक्त कार्यक्रममा सहभागी हुन सम्पपुर्ण लाई आवहान समेत गरे ।