काठमाडौंः प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गराउन सक्ने प्रतिवद्धता जनाएका छन् ।
बुधबार संसदीय सुनुवाई विशेष समितिमा आफ्ना भनाई राख्दै थपलियाले आफू प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भए उपचुनाव प्राथमिकतामा पर्ने र तीन महिनाभित्र उपचुनाव सम्पन्न गरिसक्ने बताएका हुन् ।
समितिले राखेका प्रश्नहरुको जवाफ दिँदै थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्याउने, निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने प्रतिवद्धता समेत जनाएको बताइएको छ ।







































