४५ औँ नेपाल भाषा साहित्य तःमुंज्या भव्यताका सम्पन्न 

0
भक्तपुर  । ४५ औ नेपाल भाषा साहित्य तःमुंज्याको भव्यताका साथ आइतबार भक्तपुर नपा वडा नं २ इताछें स्थित नपुखुमामा व्यापक जनसहभागिता  र विज्ञहरूको गहकिलो मन्तव्य र  विभिन्न विद्यालय र पुचबाट सांस्कृतिक प्रस्तुति सहित सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ का.नारायणमान बिजुक्छेले जेन्जी आन्दोलन भन्नेको युवाहरूले चलाएको आन्दोलन हो । सिंहदरबार , संसद् भवन र सर्वोच्च अदालत जलाउने काम छुटाछुटै समूहले गरेको हो यसमा विदेशी तत्त्वको  घुसपैठ हुनसक्ने र त्यसमा प्रजातन्त्र आए पछि पटक पटक सरकारमा गएका एमाले, माओवादी र काँग्रेस लगायतका शासक दलहरू जिम्मेवार भएको बताउनुभयो । प्रमुख अतिथि विजुक्छेंले कमजोर सरकार भएको अवस्थामा देशको सार्वभौमसत्तामा प्रहार हुनसक्ने र देश नै बाँकी नराख्ने र  विदेशी षडयन्त्र समेत हुनसक्नेप्रति सम्पूर्ण देशभक्त जनता सजग हुनुपर्ने तथा जनताको खवरदारीले मात्र विदेशी षडयन्त्र असफल भई देश जोगिन सक्ने बताउनु भयो ।
          अर्का वक्ता नेपाल मजदुर किसान पार्टीका सचिव का.प्रेम सुवालले साहित्य बहुमत कामदार वर्गको  हितका निम्ति हुनुपर्ने र त्यसले जनताको सेवा गर्नुपर्ने बताउनु भयो । उहाँले शासक र शोषक वर्गको साहित्यले शोषक वर्गको उत्पीडनलाई पनि जनताको सेवा भनेर दुष्प्रचार गरिरहेको बताउनु भयो । का. प्रेम सुवालले अमेरिका र पश्चिमा शासकहरूको साथ र सहयोगले इजरायलले प्यालेष्टिनी जनताको नरसंहार  गरिरहेको विश्वकै न्याय प्रेमी जनताले त्यस नरसंहार र पश्चिमा नीतिको विराध गरिरहेको छ भन्नुभयो  ।
   भक्तपुर नगरपालिका का प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले  शिक्षा, स्वास्थ्य, खेलकुद , कला संस्कृति र सम्पदा क्षेत्रमा  नमुना कार्य गरिरहेको र यसको  देशभर प्रचार भइरहेको र अध्ययनका लागि देशको विभिन्न स्थानियतहका जनप्रतिनिधि भ्रमणमा आएको र भक्तपुरबाट सिकेर गएको बताउनु भयो ।४५ औ नेपाल भाषा साहित्य तःमुंज्यमाा स्वागत भाषण आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले गर्नुभएको थियो ।
असोज १९ गते दोस्रो दिनको नेपाल भाषा साहित्य तःमुंज्याको सभापतित्व नेपाल नर्सि· समाजका अध्यक्ष श्रीमती देविका दनेखुले गर्नु भएको थियो । तःमुंज्याको दोस्रो दिनको कार्यक्रममा  नेमकिपाका केन्द्रीय सदस्यहरू का.नन्दबहादुर साही , का.नवराज कोइराला, नेमकिपाका काठमाडौँ जिल्ला अध्यक्ष  का.नारायण महर्जन र साहित्यकार अभय श्रेष्ठ र हरिहर तिमील्सना, सीमा अध्यता रतन भण्डारी, पुरातत्त्व विभागका महानिर्देशक  सौभाग्य प्रधान·, इतिहासविद् प्राध्यापक डा.पुरुषोत्तम लोचन श्रेष्ठ, ख्वप इन्जिनियरिङ· कलेजका प्राध्यापक जताधर झा,  कवि डा. रामप्रसाद ज्ञवाली, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी ,भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत  वसन्त भटराईलगायतले कला, साहित्य, संस्कृति , सीमा अतिक्रमण ,राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीति र प्यालेस्टाइनमाथि इजरायली आक्रमण बारे चर्चा गर्नु भएको थियो । दुई दिनसम्मको साहित्यिक प्रतिस्पर्धामा कवितातर्फ संगिता पञ्च प्रथम, गङ्गाराम व्याख्या दोस्रो, सत्यनारायण सुवाल  तेस्रो, लक्ष्मीप्रसाद कासुला र  सुनिता गॉसीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । कथा विधातर्फ श्रृया पहिजु प्रथम,एलके सुन्दर दोस्रो र सुर्यनारायण फॉजु तेस्रो भएका थिए । निबन्ध विधामा केजी आचार्यले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए ।कार्यक्रममा आयोजक समितिका सचिव राजन जतिले धन्यबादज्ञापन र कोषाध्यक्ष प्रनेश बाटीले  दुई दिन भएको तःमुंज्याको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल भाषा साहित्य तःमुंज्याका केन्द्रीय समिति सचिव नरेश खत्रीले  कार्यक्रम सफलताका साथ सम्पन्न गर्नु भएको प्रसन्नता व्यक्त गर्नुभएको थियो । असोज  १८ र १९ गते  दुई दिन भएको साहित्य सम्मेलनमा दुई दिनै बेलुकी सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।