आठै जिल्लामा विज्ञानको परीक्षा रद्द, चैत्र २२ मा पुन: परिक्षा लिने

261

जनकपुरधाम । प्रदेश २ का आठै जिल्लामा आज भएको एसईई विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । परीक्षा अगावै प्रश्न पत्र बाहिरिएको पुष्टि भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको हो ।

शिक्षा निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले विज्ञान विषयको परीक्षा रद्द गर्ने निर्णय गरिएको पुष्टि गरे । उनका अनुसार अब विज्ञान विषयको परीक्षा यही चैत्र २२ गते लिने निर्णय भएको सुनाए । उनले प्रश्न पत्र आउट कहाँबाट कसले गरेको विषयमा अनुसंधान सुरु गरिएको पनि बताए ।

सिरहा र सप्तरीको विभिन्न ठाउँबाट प्रश्न पत्र आउट भएको अनुगमनमा खटेका अधिकारीहरु बताउँछन ।