भक्तपुरमा गाडीकाे ठक्करबाट माेटरसाइकल चालककाे दुवै खुट्टा छुट्टियाे

3659

भक्तपुर – अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको थिमि चोकमा बिहीबार भएको सवारी दुर्घटनामा परी एक जनाको दुइटै खुटा छुट्टिएको छ।

मोटरसाइकलमा सवार ५० वर्षीय रञ्जन कार्कीलाई दिउँंसो सवा दुई बजेतिर गाडीले ठक्कर दिंदा  उनकाे  कम्मर मुनिबाट दुई वटै खुट्टा छुट्टिएका छन् ।

उनलाई नजिकको मध्यपुर हस्पिटलबाट काठमाडौंको बी एण्ड बी अस्पतालमा रिफर गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।