Home समाचार भक्तपुरमा मोटरसाइकल चोर्दा चोर्दै इट्टा भट्टामा काम गर्ने दुई जना पक्राउ
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ हेल्थपोष्टबाट मोटरसाइकल चोरी गर्दा गर्दै दुई जना पक्राउ परेका छन् ।
मध्यरातमा पार्किङ गरी राखेको प्रदेश ३ ०२ ०१० प ३७१३ नं को २२० सिसीको पल्सर मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।
बागेश्वरी हेल्थपोष्ट नजिक बस्ने कर्म गुरुङले बाटोमा पार्किङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा पाँचखाल नगरपालिका वडा नम्वर २ घर भई हाल चाँगुनारायण नगरपालिका वडा नम्वर ५ श्री १ भट्टामा काम गर्ने वर्ष २२ को गोमन तामाङ र वर्ष १८ को सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
इट्टा भट्टामा काम गर्ने उनीहरू मोटरसाइकल चोर्न गाउँ पसेका थिए । उनीहरूले प्रयोग गर्दै आएका बा ५८ प ६६१९ नंम्वरको मोटरसाइकल सहित प्रभाग खरिपाटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाइरहेको प्रहरीले जनाएको छ ।
Related