भद्रपुर / झापाको भद्रपुर ४ स्थित मायालु वनमा भद्रपुर ८ डाँगीबारीका ६५ वर्षिय बीरबहादुर राजवंशीको सव फेला परेको छ । घाँस काटन गएका स्थानीयले शुक्रबार दिउँसो मुत अवस्थामा राजवंशीलाई देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए । जिल्ला र वडा प्रहरी कार्यालय भद्रपुरबाट घटनास्थल पुगेको प्रहरीले शवकाे अवस्था हेर्दा कपडामा सुकेको रगत र घाँटीमा चोट देखिएको प्रहरील्े जनाएकाे छ।
मङ्गलबार दिउँसो कपाल काट्न जाने भन्दै घरबाट हिडेपछि सम्पर्कविहीन भएको परिवार श्राेतले जनाएको छ । मृतक राजवंशीको घर देखि घटनास्थल करिव ८ किलोमीटरको दुरीमा रहेको छ । शव पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल लगिएको छ ।

Purbeli TV











































